सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध व्यापक जनसमर्थन रहेको कांग्रेसको निष्कर्ष-Sutra News

सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध व्यापक जनसमर्थन रहेको कांग्रेसको निष्कर्ष

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

काठमाडौं- कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध व्यापक जनसमर्थन रहेको निष्कर्ष निकालेका छन् ।



आजको प्रदर्शनमा जनताको उल्लेख्य सहभागीता भएको बताउँदै कांग्रेस उक्त समर्थनबाट पार्टीलाई नवीन ऊर्जा प्राप्त भएको सभापति देउवाले बताएका छन् । प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिन सभापति देउवाले साँझ विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । 

‘देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।’  

सभापति देउवाले जनताको ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन् । 

सभापति देउवाले आजको प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय, पत्रकार र सामाजिक सञ्जालमार्फत् योगदान पुर्याउने विशेषतः युवा पंक्तिलाई पनि बधाई र सम्मान व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट