मल ल्याउन सरकारी टोली बङ्गलादेश जाने-Sutra News

मल ल्याउन सरकारी टोली बङ्गलादेश जाने

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ ।



नेपाल र बंगलादेशका सरकार-सरकारबीच (जीटूजी)मार्फत् मल खरीदका लागि समझदारी गर्न नेपाली टोली आज जाने भएको हो ।

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट