किन स्थगित भयो संवैधानिक परिषदको बैठक ?-Sutra News

किन स्थगित भयो संवैधानिक परिषदको बैठक ?

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्वतः स्थगित भएको हो ।



सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट