बाइडेनलाई पद हस्तान्तरण कार्यक्रममा ट्रम्प नजाने-Sutra News

बाइडेनलाई पद हस्तान्तरण कार्यक्रममा ट्रम्प नजाने

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने सम्भावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने भएको स्रोतले जनाएको छ । 



निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको स्पष्ट पारे पनि उनले भने अस्वीकार गर्दै आएका छन् । उनले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । 

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ । 

सोही व्यवस्था अनुसार यसपटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट