संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सर्वसत्तावादी सोच: देउवा-Sutra News

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सर्वसत्तावादी सोच: देउवा

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले जारी गरेको संवैधानिक परिषद् अध्यादेशमा आपत्ति जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सर्वसत्तावादी सोच भएको बताएका छन् । देउवाले सामाजिक सञ्जाल ट्वीटरमा अध्यादेश ल्याउने कार्यप्रति कांग्रेसको विमती रहेको स्पष्ट पारेका छन् ।



‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ,’ उनले भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट