सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको तयारी तीव्र-Sutra News

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको तयारी तीव्र

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने अवार्ड कार्यक्रम कोरोना भाइरसका कारण हुन नसकेको हो । सोही संस्करण २०२१ मा हुने भएको हो ।



अवार्डका बारेमा जानकारी दिंदै सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यसपटकको सूर्य अवार्ड केही रोचक र फरक हुने बताए । उनका अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशन टोकियोमा हुनेछ ।

अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालका लागि सूर्य अवार्ड सबैभन्दा महंगो र ठूलो अवार्ड भएको सूर्य कर्पोरेशनको दाबी छ ।

नेपालका लागि डायस्पोराको ठूलो अवार्ड सूर्य इनटरनेशनल अवार्ड हो । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न भइसकेको छ ।

कर्पोरेशनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेशनले सामाजिक सञ्जालबाटै अवार्डको घोषणा गरेको हो । पहिलेको संकरणमा झै अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ ।

उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । यस्तै त्यसको केही सातापछि नेपाली नयाँ वर्षको छेको पारी २०२१ मा अमेरिकामा यो अवार्ड समारोह सम्पन्न गरिनेछ ।

नेपाली कला संस्कृतिको पवर्द्धन तथा नेपाली गीत, संगीत र फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुराउन पनि कर्पोरेशनले अवार्डलाई अगाडि सारेको अध्यक्ष लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट