अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प-Sutra News

अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।



अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट