सीपी मैनालीले भने- अध्यादेशपछि सरकार झन् स्वेच्छाचारी र निरंकुश-Sutra News

सीपी मैनालीले भने- अध्यादेशपछि सरकार झन् स्वेच्छाचारी र निरंकुश

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी मालेले सरकारले मंगलबार ल्याएइको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टी महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गरी अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बनाउने बताएका छन् ।



‘आफ्नै वैधताबारे प्रश्न बोकी आएको उक्त अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्रीबारे विविध कोणबाट प्रश्न र विरोध गर्ने ठाउँ दिएको मात्र छैन, त्यसले यस ब्यवस्थाको शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तमाथि नै चोटिलो प्रहार गरेको छ’ मैनालीले भनेका छन् ।

नेकपाले आफू भित्रको शक्तिसंघर्षलाई सरकार सञ्चालनको काममा प्रवेश नगराउन आग्रह गर्दै मालेले सरकारले मिचाहा शैली अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट