मानव विकास सूचकांकमा नेपाल पाँच स्थान माथि उक्लियो, पहिलो स्थानमा नर्वे-Sutra News

मानव विकास सूचकांकमा नेपाल पाँच स्थान माथि उक्लियो, पहिलो स्थानमा नर्वे

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- मानव विकास सूचकांकमा पाँच अंक सुधारिँदै नेपाल विश्वको १४२ औं स्थानमा उक्लिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८९ देशमध्ये नेपाल १४२औं स्थानमा उक्लिएको हो ।



सन् २०१९ मा यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकमा नेपालले दुई स्थान सुधार गर्दै १४७औं स्थानमा अटाएको थियो। त्यसको एक वर्षमा नै नेपालले ५ स्थानमा उक्लन सफल भएको हो ।

सन् २०१९ मा नेपालको मानव विकास सूचकांक (एचडीआई) ०.६०२ छ । जुन, अघिल्लो वर्ष ०.५९५ थियो ।

यसैगरी लैगिंक समानता र लैगिंक विकास सूचकांकमा पनि नेपाल १४२औं स्थानमै अटाएको छ । यूएनडीपीले दीर्घ, स्थास्थ्य जीवन र औसत आयुका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ ।

मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे पहिलो स्थानमा छ । नर्वेको मानव विकास सूचकांक ०.९७५ छ । नर्वे अघिल्लो वर्ष पनि स्थानमा थियो । नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा छ । त्यसपछि स्वीजरल्याण्ड तेस्रो र एसियाली मुलुक हङकङ चौथो नम्बरमा छ ।

हङकङ मानव विकास सूचकांकमा एसियाली मुलुकको अग्रस्थानमा छ । हङकङपछि आइसल्याण्ड छैटौं, जर्मनी सातौं, अष्ट्रेलिया आठौं, नेदरल्याण्ड नवौं र डेनमार्क दशौं स्थानमा छन् । यस्तै, फिनल्याण्ड र सिंगापुर समान इन्डेक्ससहित ११औं स्थानमा रहेको यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट