पछिल्लो २४ घण्टामा थपिए ७३६ संक्रमित, ८४७ निको-Sutra News

पछिल्लो २४ घण्टामा थपिए ७३६ संक्रमित, ८४७ निको

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७३६ संक्रमित थपिएका छन् भने ८४७ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ९७५७ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।



अहिलेसम्म देशभर दुई लाख ५० हजार ९१६ जना संक्रमित भइसकेका छन् भने दुई लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर संक्रमणमुक्त हुने दर ९५.४ प्रतिशत छ ।

संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसमेत हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट