नेकपाको स्थायी कमिटी बैठक ५ पुसमा बस्ने गरी सकियो-Sutra News

नेकपाको स्थायी कमिटी बैठक ५ पुसमा बस्ने गरी सकियो

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- बुधबार बसेको सत्तारुढ नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उनले बताए ।

आजको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट