काठमाडौं- लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगन्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगन्जसम्मको ६ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३ सय कायम गरेको छ ।
नेपालगन्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।
यसै गरी नेपालगन्जदेखि सिमकोटसम्म सात हजार ९ सय भाडादर रहेको उनले जानकारी दिए। नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।