मेगा बैंकले घोषणा गर्यो लाभांश-Sutra News

मेगा बैंकले घोषणा गर्यो लाभांश

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

काठमाडौं- मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।



संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट