काठमाडौं- सरकारले शुक्रबारदेखि सबै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
‘शुक्रबारदेखि जोरविजोर प्रणालि रहँदैन, स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात सञ्चालन हुन पाउँछन्’, प्रजिअ पराजुलीले भने । यसअघि जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका यातायात सञ्चालन हुँदै आएका थिए ।