बिहीबार थपिए ७७६ जना कोरोना संक्रमित-Sutra News

बिहीबार थपिए ७७६ जना कोरोना संक्रमित

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।



पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५८८ जनामा पिसिआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट