नायिका एलिजा गौतमले ७७ वटै जिल्लाका दुर्गम गाउँमा १०-१० वटा घर बनाइदिने-Sutra News

नायिका एलिजा गौतमले ७७ वटै जिल्लाका दुर्गम गाउँमा १०-१० वटा घर बनाइदिने

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

काठमाडौं- नायिका तथा मोडल एलिजा गौतमले ७७ वटै जिल्लाका दुर्गम गाउँमा १०–१० वटा घर बनाइदिने भएकी छिन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ‘एलिजा फाउण्डेशन’ मार्फत् घर बनाइदिने घोषणा गरेकी हुन् । साथै उनले पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने उल्लेख गरेकी छिन् ।received_425529392231769.jpeg



उनले फेसबुकमा लेखेकी छन्, ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दशरदश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाएर यस सामाजिक कार्यको लागि सहकार्य गरौं । ‘अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?’ भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट