उखु किसानका माग कार्यान्वयन गर : कांग्रेस-Sutra News

उखु किसानका माग कार्यान्वयन गर : कांग्रेस

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

काठमाडौं- नेपाली कांग्रेसले किसानको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
 
कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले बिहीबार विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गरेका हुन् । 
 
उनले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौंको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गरेका छन् ।



उखु किसानले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट