काठमाडौं- उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम चिनी उद्योगले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ ।
सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ । सो उद्योगले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।