काठमाडौं- आज (शुक्रबार) काठमाडौंको बालाजु सबस्टेसनबाट वितरित विद्युत् तीन घण्टा काटिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि १० बजेसम्म बालाजु औद्याेगिक क्षेत्र १, बालाजु औद्याेगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर सटडाउन गरिने (विद्युत् काटिने) भएको हो ।
साथै भोलि (शनिबार) पनि दिउँसो १२ बजेदेखि ३ बजेसम्म उल्लिखित स्थानमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।