मनाङमा फेरि देखियो कोरोना-Sutra News

मनाङमा फेरि देखियो कोरोना

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

मनाङ- देशैभरि कोरोना संक्रमित फैलिएको बेला मनाङमा भने संक्रमितको संख्या शून्य थियो । संक्रपमितको संख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना संक्रमण देखिएको छ । जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।



हालसम्म मनाङमा २८२ जनाको स्वाब संकलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार नौ जना संक्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।

शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौं लगिएको स्रोतले जनाएको छ ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय संक्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट