सुनको भाउ तीन दिनमा बढ्यो १ हजार २ सय-Sutra News

सुनको भाउ तीन दिनमा बढ्यो १ हजार २ सय

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- नेपाली बजारमा सुनको भाउ लगातार उकालो लागिरहेको छ । सुनको भाउ तीन दिनमै १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ पुस १ गते तोलाको ९३ हजार १ सय रुपैयाँ रहेकामा शुक्रबार ९४ हजार ३ सय पुगेको छ ।



छापावाल सुन बिहीबार तोलामा ९३ हजार ५ सय रहेकामा शुक्रबार ८ सय रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार तेजावी सुनको भाउ ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि लगातार उकालो लागिरहेको छ । चाँदीको भाउ तीन दिनमै ५० रुपैयाँले बढेको छ । पुस १ गते प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ शुत्रबार १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १ हजार २ सय ५५ रहेकामा शुत्रबार २५ रुपैयाँले उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट