तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस संसदीय दलको माग-Sutra News

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस संसदीय दलको माग

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेकाे छ । शुक्रबार बसेको संसदीय दलको बैठकले साे निर्णय गरेको हो ।



संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुरले बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतका बारेमा जानकारी गराएका थिए । उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा नियुक्तिको मर्म नबुझेको बैठकलाई बताएका थिए । संवैधानिक परिषद्मा सरकारले नियुक्त गर्ने नभइ राज्यले नियुक्त गर्ने भन्ने यथार्थ ओलीले बुझ्न नसकेको उनले आराेप लगाए ।

परिषमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र प्रमुख प्रतिपक्षी दलका नेताको सहभागीता सुनिश्चित हुनुबाट सरकारले नभइ राज्यले यसको नियुक्ति गरोस भन्ने संविधानको मर्म रहेको उनले प्रष्ट पारे ।

सरकारको सर्वसत्तावादी सोचले यस्तो अवस्था आएको उनको भनाइ थियो । अध्यादेश जारी भएपछि ओलीले बैठकमा आउन आग्रह गरे पनि आफू नगएको उनले बताए । बैठकले भुक्तानी नपाएर आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्न माग गरेको छ ।
  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट