काठमाडौं- सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘हेर्न नभ्याइने’ को सूचीमा राखेको छ । आज पेशी तोकिएको थियो ।
काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए ।