शुक्रबार ७८२ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु-Sutra News

शुक्रबार ७८२ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।

हाल देशभर ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् भने ४ सय २७ जना क्वारेन्टिनमा छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट