अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि लगाए कोभिड-१९ को खोप-Sutra News

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि लगाए कोभिड-१९ को खोप

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

अमेरिका- अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाविरुद्धको खोप दिइएको छ । नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।



ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने, ‘कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।’

अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट