कोरोना: यूईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द-Sutra News

कोरोना: यूईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

एजेन्सी- युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने यू–१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ ।



कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो ।

अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन । यसअघि दुवै प्रतियोगिता मे महिनामा हुने तय थियो ।

साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट