स्लोभाकियाका प्रधानमन्त्रीसहित मन्त्रीलाई पनि कोरोना-Sutra News

स्लोभाकियाका प्रधानमन्त्रीसहित मन्त्रीलाई पनि कोरोना

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

स्लोभाकिया- स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको हो । उनले आफू भाइरसबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका हुन् ।



सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए । उनलाई केही दिन अगाडि नै संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।

कोरोना संक्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज म पनि तिम्रो एउटा संक्रमित भएको छ । म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,’ ४७ बर्षिय प्रधानमन्त्री माटोभिकले लेखेका छन् ।

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोना भाइरसबाट संक्रमित भएको एएफपीलाई जनाएको छ । यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत संक्रमित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट