काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरूले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्दा व्यङ्ग्य गर्नेलाई जवाफ दिएका छन् । शनिबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच खुमलटारमा भेट भएको थियो । उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए ।
सोही विषयलाई उठान गर्दै उनले ट्वीटरमा भनेका छन्, ‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ । वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ?’
उनले नेताबीच कुराकानी हुनु र सहमति खोज्न राम्रो भएको बताए । ‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो । सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ’, उनले भनेका छन् ।
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।— Bhim Rawal, PhD (@BhimRawal179) December 19, 2020