थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।

हाल देशभर ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट