ओलीको दौडधुप बढ्योे, दिनभरी नेताहरूसँग छलफल गरेर साँझ पुगे राष्ट्रपति निवास-Sutra News

ओलीको दौडधुप बढ्योे, दिनभरी नेताहरूसँग छलफल गरेर साँझ पुगे राष्ट्रपति निवास

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । शनिबार राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो ।



पार्टी विवादका विषयमा दिनभर पार्टीका नेताहरुलाई भेटेका ओली साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषय छलफल भइरहेको जनाइएको छ ।

यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए । त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए । प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट