काठमाडौं- प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । शनिबार जसपा र कांग्रेसबीच भएको सम्झौता अनुसार तत्काल संसद अधिवेशस बोलाउन माग गरिएको हो ।
उनीहरुबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । कांग्रेसले यसअघि नै संसद अधिवेशन बोलाउन माग गर्दै आएको थियो ।