काठमाडौं- हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ ।
शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए ।
राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा प्रदर्शन गरिसकेको भन्दै उनले पुस १७ गते काठमाडौं उपत्यकामा पनि प्रदर्शन गर्न लागेको बताए ।