भारतमा कोरोना संक्रमित १ करोड ३१ हजार नाघे-Sutra News

भारतमा कोरोना संक्रमित १ करोड ३१ हजार नाघे

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१३  पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट