प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एक ढिक्का हुन बाबुरामको आह्वान-Sutra News

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एक ढिक्का हुन बाबुरामको आह्वान

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेको कदमलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको संज्ञा दिएका छन् । उनले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गरेका छन् ।



‘नेपालको शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ र त्यसको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनुपर्छ हाम्रो र निजीरुपमा मेरो निरन्तरको प्रयत्न रहँदै आएको छ, विचार रहँदै आएको छ,’ आइतबार भिडियो सन्देश दिँदै उनले भनेका छन् ।

‘अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटि र त्यसलाई सच्याउनुपर्ने कुरालाई नै पुष्टि गरेको छ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा म सबै राजनीतिक दलहरुलाई, सचेत नागरिकहरुलाई नेपालको शासकीय स्वरुपमा सुधारका निम्ति आवाज उठाउन आह्वान गर्दछु ।’

उनले ओलीको असंवैधानिक कदमविरुद्ध सहकार्य गर्न सबैसँग अपिल समेत गरेका छन् । ‘तत्काल प्रधानमन्त्रीको जुन असंवैधानिक कदम छ, त्यसको विरुद्धमा सहकार्य गर्नका निम्ति, नेपाली कांग्रेस, नेकपाभित्रका लोकतान्त्रिक शक्ति, वैकल्पिक शक्ति र अन्य सबै राजनीतिक शक्तिलाई अनुरोध गर्दछु,’ डा.भट्टराईले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट