काठमाडौं- कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रतिगामी निर्णय राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन् । उनले विगतमा संसद विघटनले देशलाई अस्थिरता र संकटतर्फ धकेलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेलेको आरोप लगाएका छन् ।
‘संसद विघटनको कुरा संविधान विपरितको काम हो, लोकतन्त्रको मूल्य र मान्यता विपरित गरिएको संसद विघटनको सिफारिश राष्टपतिले स्वीकार्न हुँदैन’ पौडेलले भने, ‘यस्ता हर्कतले देशलाई सधै अस्थिरता र संकट तिर लगिरहेको छ, लोकतन्त्रलाई नोक्सान पुर्याउदै आएको छ । अहिले फेरि प्रधानमन्त्रीले देशलाई अनिष्टमा लैजान आमन्त्रण गरेका छन, यो बन्द हुनुपर्छ ।’
मन्त्रीपरिषद्ले संसद विघटनको सिफारिस गरेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।