काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । संसद विघटनको सिफरिसपछि प्रतिक्रिया आइतबार दिंदै उनले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने बताएका हुन् ।
उनले भने ‘यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ ।’
पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भएसकेको नेता नेपालले बताए । उनले भने, ‘सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरु पनि उहाँको विपक्षमा छन् ।’
नेता नेपालले प्रधानमन्त्री ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताए । ‘राजनीतिकरुपमा पनि प्रधानमन्त्रीले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिने’ वरिष्ठ नेता नेपालको भनाइ छ ।