नेकपा प्रवक्ता श्रेष्ठको प्रतिक्रिया- संसद विघटन असंवैधानिक छ-Sutra News

नेकपा प्रवक्ता श्रेष्ठको प्रतिक्रिया- संसद विघटन असंवैधानिक छ

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । प्रवक्ता श्रेष्ठले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अविवेकी भएको बताए ।

उनले प्रधानमन्त्रीको यस निर्णय गैरलोकतान्त्रिक र नेपालको राजनीतिलाई पछाडि धकेल्ने भएकाले यो लागू हुनै नसक्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट