काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
सो विषयमा नेता थापाले ट्वीटरमा प्रतिक्रिया लेख्दै सरकारको निर्णय संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएकी हुन् । नेता थापाले सरकारको सो निर्णण लहडमा भएको प्रतिक्रिया दिएका छन् ।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले ट्वीट गरेका छन्, प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।@PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।
— Gagan Thapa (@thapagk) December 20, 2020