काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको बताएका छन् ।
आइतबार ट्वीटरमा टिप्पणी गर्दै महामन्त्री डा.कोइरालाले भने, ‘दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ ।’
संसद् विघटनका कारण मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउने महामन्त्री डा.कोइरालले बताएका छन् । प्रधानमन्त्रीको यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनु पर्ने भनाइ डा.कोइरालाको छ ।