संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड-Sutra News

संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको प्रतिक्रिया दिएका छन् ।



आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले साे प्रतिक्रिया व्यक्त गरेका हुन् ।

‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भने । 

आइतबार मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट