संसद् विघटन प्रस्तावको विरोधमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी-Sutra News

संसद् विघटन प्रस्तावको विरोधमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । ओलीको असंवैधानिक कदमको विरुद्धमा लोकतन्त्रको चीरहरण र संविधानको धज्जी उडाएको भन्दै विद्यार्थीले आन्दोलन चर्काएका हुन् ।



पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका हुन् ।

उनीहरूले ओलीविरुद्ध नाराबाजी गर्दै संविधानमाथि ‘कू’ गरेकाले आन्दोलन शुरु गरिएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् ।

संसद् विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट