प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेः संविधानविद्-Sutra News

प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेः संविधानविद्

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको बताएका छन् । संसद् विघटन गर्ने ओलीको निर्णयलाई उनले संविधानको हत्याको संज्ञा दिएका हुन् ।



‘जबसम्म संसदबाट सरकार बन्नसक्छ तबसम्म संविधानमा संसद् विघटनको कुनै प्रावधान छैन’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘यसरी संसद् विघटन गर्नु भनेको संविधानको हत्या हो, प्रधानमन्त्रीले ‘कू’ गरेका हुन् ।’

प्रधानमन्त्री ओलीले २०४७ सालको संविधान सम्झेर ‘कू’ गरेको हुनसक्ने उनको भनाइ छ । ‘जबकि त्यो संविधानअनुसार पनि विघटन गर्न मिल्दैन भन्ने कुरा मनमोहन अधिकारीको बेलामा स्थापित भइसकेको छ’ त्रिपाठी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट