काठमाडौं- सत्तारुढ नेकपाकै नेता/कार्यकर्ता सरकारले गरेको संसद् विघटनविरुद्ध आइतबार काठामाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
माइतीघरबाट सुरु भएको प्रदर्शनमा पूर्वसभामुख एवं नेकपाकी नेतृ अनेसरी घर्ती पनि सहभागी थिइन् । उनीहरुले सरकारको कदमलाई गैरसंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।
उनीहरुले पुस १ को नयाँ संस्करण पुस ५ को संसद् विघटन, सर्वसत्तावादी कदम खारेज गर, संसद् विघटन जनमतमाथि धोका हो जस्ता नारा लगाएका थिए ।