थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज-Sutra News

थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ८४७ जना निको भइ डिस्चार्ज भएका छन् ।



संक्रमित निको हुने दर ९५.४ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको निधन भएको छ । योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या १७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट