काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको विघटनगरेपछि ७ मन्त्रीले राजीनामा दिएका छन् । आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७ मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमण पोखरेलले राजीनामा पत्र पढेर सुनाए । राजीनामा दिनेहरुमा पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् भने पूर्व एमाले (नेपाल समूह) बाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई रहेका छन् ।