काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।
बैठक संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा आगामी रणनीति बनाउने विषयमा बैठक केन्द्रीत हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।