संसद् विघटनको संयुक्तरुपमा विरोध गर्ने नेकपासहित तीन दलको निर्णय-Sutra News

संसद् विघटनको संयुक्तरुपमा विरोध गर्ने नेकपासहित तीन दलको निर्णय

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।



नेकपाको पहलमा तीन दलका नेताहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

बैठकले संसद् विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुवै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट