अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु-Sutra News

अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

एजेन्सी- अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीको मृत्यु भएको छ । सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी गराएको छ ।



रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, ‘कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ ।

सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कार्बाहीमा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् । कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।

सरकार र विद्रोहीले आफ्नो प्रभाब देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट त्यहाँ अशान्ति बढ्ने भन्दै विश्व समुदाय चिन्तित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट