प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका नेताहरू सर्वोच्चको ढोकामा-Sutra News

प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका नेताहरू सर्वोच्चको ढोकामा

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत जाने भएका छन् । नेताहरू सुरेन्द्र पाण्डे, देव गुरुङ, कृष्णभक्त पोखरेललगायतले सो प्रक्रियाको अगुवाई गरेका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सोहि सभामा सांसद रहेका नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जाने भएका हुन् ।

नेकपा एक नेताका अनुसार उनीहरुको तर्फबाट आज सोमबार नै गोबिन्द बन्दी लगायत अधिवक्ताहरुले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट