सिंहदरबार गेटबाट नागरिक अगुवा पक्राउ-Sutra News

सिंहदरबार गेटबाट नागरिक अगुवा पक्राउ

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबार गेट अगाडि पुगेको नागरिक अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार संसद विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय भएपछि यसको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।



विरोध प्रदर्शन गर्न त्यहाँ पुगेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार अघि पुगेका नागरिक समाजका अगुवा कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी भएको उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट